काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २१.९९ अंकले घटेर २,०११.१४ को विन्दुमा कायम भएको छ ।
आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ६३ लाख रपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज ज्योति विकास बैंक, सोल्टी होटल घोराही सिमेन्टस,शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन लाइफ, एनआईसी एशिया बैंक र साना किसान लघुवित्तको शेयर सर्वाधिक कारोबार भएको छ ।
आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.५७ प्रतिशतका दरले कमाएका हुन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै आज सानिमा लार्ज क्याप फण्ड, बलेफी, जनउत्थान, सेञ्चुरी डिभेृञ्चर, समाज लघुवित्त, जानकी फाइनान्स, स्वाभिमान लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको शेयर मूल्य बढेको छ ।
त्यस्तै आज सबैभन्दा धेरै कृषि विकास बैंक २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै अपर स्याङ्गो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, ग्लोबल आइएमई लघुवित्त, लिवर्टी इनर्जी, माउन्टेन हाईड्रो, सिंगटी हाईड्रोपावर, सुपर मादी, नारयणी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्तको शेयर मूल्य घटेको छ ।



































