National life

शेयर बजारमा दोहोरो अंककाे बृद्धि, १८२ कम्पनीको मुल्य बढ्दा १ अर्ब १७ करोडकाे काराेबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
491Shares
शेयर बजारमा दोहोरो अंककाे बृद्धि, १८२ कम्पनीको मुल्य बढ्दा १ अर्ब १७ करोडकाे काराेबार
ncell

काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६.२४ अंकले बढेर १,९८५.४३ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको शेयर काराेबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको १० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४८५ रुपैयाँ कायम भएको छ । ओरिएण्टल होटल्सको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक, माछापुच्छे बैंक, शिवम सिमेन्टस, हिमाल दोलखा, आइएमई लाइफ, सोल्टि होटल, अरुण भ्याली र साल्ट टेडिङको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, मेन्छियाम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त लगायत कम्पनीको शेयरमुल्य बढेको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

मंगलबार आरबीबी म्युचुअल फण्ड २ को ५.६४ प्रतिशत, बिसाल बजारको ४.९७ प्रतिशत, ओरिन्टल्स होटल्सको ३.५९ प्रतिशतले शेयरमूल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?