काठमाडौं । साताकाे पहिलाे दिन आज शेयर बजार नेप्से परिसूचकमा भारी अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ४२.१४ अंकले घटेर १,९६४ दशमलव ९१ को विन्दु कायम भएको छ ।
आज ११ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको २ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको रिलायबल नेपाल, एभरेष्ट बैंक, शिवम सिमेन्टस, आइएमई लाइफ, सेल्टि होटल, माछापुच्छे बैंक, नबिल बैंक, सानिमा बैंक र साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शुभव पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.८९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, बुद्धभुमि नेपालको ५ प्रतिशत, युनिक्यु नेपाल लघुवित्तको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै मैलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२१ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै, मेन्छियाम हाइड्रोपावरको ८.४६ प्रतिशत, भुगोल इनर्जिको ८ प्रतिशत, दोल्ती पावरको ६.८२ प्रतिशतले शेयरमूल्य घटेको छ ।































