काठमाडौं । सोमबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.०४ अंकले बढेर १८८७.७० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजारको कारोबार भएको छ ।
आज १२८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २ करोड ९० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् । मन्दकीनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोनापुर मिन्रल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, बिन्ध्याबासिनी हाइड्रोपावरको ६.६७ प्रतिशत, अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ६.५८ प्रतिशत, लक्ष्मी उन्नति कोषको ४.२९, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड–१ को ३.९२ प्रतिशतले शेयरमूल्य घटेको छ ।
यी हुन् आज सबैभन्दा धेरै कमाउने कम्पनी

यी हुन् आज सबैभन्दा धेरै गुमाउने कम्पनी

































