National life

आइएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्यूआरमा आबद्ध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
482Shares
आइएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्यूआरमा आबद्ध
ncell

काठमाडाैं । नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आइएमईपे, खल्ती र प्रभुपे आबद्ध भएसँगै ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन्।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीको उपस्थितिमा आइतबार काठमाण्डौमा आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवा सार्वजनिक भएको घोषणा गरिएको हो।

नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा इस्युइङ एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालपे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ३ भुक्तानी सेवा प्रदायकले क्यूआर मर्चेन्ट इन्रोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकको वालेटहरुबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन्। आइएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ता छन्।

नेपालपे क्यूआरको नेटवर्कमा ३ लाख ५० हजार क्यूआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्यूआरसँगको अन्तरआबद्धतापश्चात अब ६ लाखभन्दा बढी मर्चेन्टहरुको पहुँच हुनेछ। मर्चेन्टहरुको बिलिङ प्रणाली वा पीओएस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआर वा डाइनामिक क्यूआरको रुपमा उक्त नेपालपे क्यूआर उपलब्ध रहेका छन्।

नेपालपे क्यूआर अब बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङका ग्राहक, वालेटका ग्राहक, कनेक्टआईपीएस प्रयोगकर्तालगायत डिजिटल पहुँच भएका प्रयोगकर्ताहरु माझ पुगिसकेको छ। आईएमई पे, खल्ती र प्रभुपेले नेपालपे क्यूआरसँगको यस साझेदारीले ग्राहकलाई क्यूआरसम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?