National life

कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ मा यी हुन विजेताहरू 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
556Shares
कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ मा यी हुन विजेताहरू 
ncell

काठमाण्डौ। कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ।

यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साह गर्ने काम गर्दछ। सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रमाईलो विचार र व्यवसायिक योजनाहरु प्राप्त भएका थिए ।

उक्त कार्यक्रममा बोल्दै बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथले भने, “सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

Royal Enfield
nic asia capital
महिला उद्यमीहरूलाई सहयोग गर्नु हाम्रो समुदाय र अर्थतन्त्रको समग्र वृद्धिको लागि महत्वपूर्ण छ। हाम्रा फाईनलिस्टहरुले लिएर आएका योजनाले नेपालको उज्जवल भविष्यका लागि महिलाको भूमिका महत्वपूर्ण हुने देखाएको छ।”

आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो। फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए।

कार्यक्रमभर फइनलिस्टहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए। कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा कोका–कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले थपे, ‘हामी विश्वास गर्छौं कि महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण छ।

सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति हो। उनीहरूको यात्रा र उपलब्धिहरू साँच्चै प्रेरणादायी छन्र उनीहरूका सफलताका कथाहरू व्यक्तिगत विजयहरू मात्र नभई नेपालको आर्थिक र सामाजिक प्रगतिका कोसेढुङ्गाहरू हुन्।”

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भनिन्, “एटेलियर कार्यक्रम र सक्षमको लागि कोका–कोलासँगको हाम्रो साझेदारीमार्फत हामीले युवा महिला उद्यमीहरूलाई उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेका छौं।

उद्यमीहरूले उनीहरुको दृढ सङ्कल्पद्वारा संचालित र ज्ञानद्वारा समृद्ध सफलताको एक जीवन्त चित्र निर्माण गर्दैछन्। महत्वाकांक्षाको प्रत्येक स्ट्रोकले व्यापार नवाचार र रूपान्तरणको नेतृत्व गर्ने सशक्त महिलाहरूको शक्तिशाली छविमा योगदान पुर्‍याउँछ।”

नगद पुरस्कार र प्रमाणपत्र कोका(कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ कोका(कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा.लि किसंस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए। कार्यक्रम जुलाई २६, २०२४ मा एलायन्स फ्रान्काइज काठमाडौं (एएफके) अडिटोरियम जावलाखेलमा भएको थियो। सहभागीहरूले आफ्ना विभिन्न नवीन समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू कुशल व्यवसायीहरूको प्रतिष्ठित निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए।

जजहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा।लि की फाउण्डर र म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट-अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन, जुना माथेमा, हर्वेद बोटानिकलकी फाउण्डर डा. प्रतिभा पाण्डे र कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेहराज भण्डारी थिए।

निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पछि, सुश्री रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, सुश्री श्रेया मल्ल र सुश्री शालु थापाको नेतृत्वमा रहेको पाल र सुश्री प्रतिमा बस्याल र सुश्री प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो। साथै प्रत्येक व्यवसायले रु १,००,००० को नगद पुरस्कार प्राप्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?