काठमाडौँ। डिश मिडिया नेटवर्कले प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरलाई नियुक्त गरेको छ।
वैशाख ३ गतेदेखि कार्यभार सम्हाले गरी मानन्धरलाई सीइओ जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । २५ वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले अब भने फरक क्षेत्रको व्यवस्थापनको भूमिका निर्वाह गर्ने भएका छन् ।
उनी युएईको मस्रेक बैंकको लागि नेपालको नायब प्रतिनिधिका रूपमा समेत काम गरेका थिए ।
त्यसअघि प्राइम कमर्शियल बैंक, मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको उच्च तहमा थिए । मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

































