National life

डेरी पसललाई ३० दिनभित्र दर्ता हुन काठमाडौं महानगरको अल्टिमेटम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
453Shares
डेरी पसललाई ३० दिनभित्र दर्ता हुन काठमाडौं महानगरको अल्टिमेटम
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेरी पसललाई दर्ता हुन अल्टिमेटम दिएकाे छ । महानगरपालिकाले खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई ३० दिनभित्र दर्ता हुन अल्टीमेटम दिएको हाे ।

महानगरको कृषि तथा पशुपंक्षी विभागले सम्पूर्ण महानगरभित्र रहेका डेरीहरुलाई आफू रहेको वडा कार्यालयमा दर्ता हुनका लागि ३० दिने अल्टिमेटम दिएको हो ।

महानगरले भनेको छ, ‘खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७ ले तोके बमोजिम सञ्चय तथा विक्री वितरण गर्नुका साथै दर्ता र नविकरण नभएका डेरीहरुले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउनु हुन सूचित गरिन्छ ।’

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?