National life

नेपाल हाइड्रो डेभलपरको खुद नाफा ९०.१० प्रतिशतले बढ्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
430Shares
नेपाल हाइड्रो डेभलपरको खुद नाफा ९०.१० प्रतिशतले बढ्याे
ncell

काठमाडाैं । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा सम्ममा ३ करोड ८३ लाख खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवदीमा २ करोड १ लाख कमाएको थियो । वित्तीय वितरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ९०.१० प्रतिशतले बढेको छ ।

Royal Enfield
nic asia capital

यस अवधिमा विद्युत विक्री आम्दानी १० करोड ५ लाख रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४२ लाख रहेको थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै विद्युत विक्री वितरण खर्च घट्दा नाफा बढेको हो । हाल कम्पनीको चुक्तापुँजी ३३ करोड ५९ लाख रहेको छ भने जगेडाकोष ४ करोड २७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ११.४१ रुपैयाँ रहेको छ अघिल्लो बर्ष ६.३० रुपैयाँ रहेको थियो । नेटवर्थ ११२.७२८ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?