National life

जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ ३.१०% ले बृद्धि, ८ कम्पनीको उकालो लाग्दा ४ को गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ फागुन २०८१, शुक्रबार
818Shares
जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ ३.१०% ले बृद्धि, ८ कम्पनीको उकालो लाग्दा ४ को गिरावट
ncell

काठमाडौँ । हाल संञ्चालमा रहेका १४ जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब २५ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

यो गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूले १५.१५ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएका हुन् । यो अवधिमा कम्पनीहरूको खुद बिमा शुल्क र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५९ अर्ब ७२ करोड ३३ लाख ३० हजार रुपैयाँ कायम छ। ६ महिनामा यी कम्पनीहरूको चुक्ता पुँजी २.४० प्रतिशतले बढेको हो।

साथै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन बिमा कम्पनीहरूको रिटेन्ड अर्निङ ३.१० प्रतिशतले बढेर १४ अर्ब २ करोड २ लाख ३० हजार रुपैयाँ कायम भएको छ। असार मसान्तसम्ममा जीवन बिमा कम्पनीहरूको रिटेन्ड अर्निङमा १३ अर्ब ५९ करोड ८९ लख १६ हजार रुपैयाँ थियो।

यस अवधिमा लाइफ इन्सुरेन्स कम्पनी रहेको सबैभन्दा धेरै रिटेन्ड अर्निङ हुनेमा परेको छ । यसको रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड ६६ लाख ८१ हजार रुपैयाँ छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्सोरेसनको  रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड ३४ लाख ७० हजार रुपैया रहेको छ । यो ६ महिनाको अवधिमा ८ कम्पनीको रिटेन्ड अर्निङ बढेको छ भने ४ कम्पनीको घटेको छ ।

बढ्ने कम्पनीको सूचीमा क्रमशः लाइफ इन्सुरेन्स कम्पनी, नेपाल लाईफ इन्सोरेन्स, हिमालयन लाइफ इन्सोरेन्स, आइएमइ लाइफ इन्सोरेन्स, रिलायबल लाइफ इन्सोरेन्स कम्पनी, सिटिजन लाइफ इन्सोेरेन्स, सन लाइफ इन्सुरेन्स र एसियन लाइफ इन्सुरेन्स रहेको छ ।

भने नेशनल लाइफ इन्सोरेन्स कम्पनी सहित ४ कम्पनीको रिटेन्ड अर्निङ घटेको छ । त्यसमध्येमा सूर्यज्योति इन्सोरेन्सको रिटेन्ड अर्निङ सबैभन्दा बढी अर्थात् ७१.४७ प्रतिशतले घटेको छ । दोस्रो स्थानमा रहेको सानिमा रिलायन्स इन्सोरेन्सको ४९.६८ प्रतिशतले रिटेन्ड अर्निङ  घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?