National life

सानिमा जीआइसीको नाफा १२ करोड भन्दा बढी, बीमा शुल्क आर्जनमा ९.०४ % ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
1.4kShares
सानिमा जीआइसीको नाफा १२ करोड भन्दा बढी, बीमा शुल्क आर्जनमा ९.०४ % ले वृद्धि
ncell

काठमाडौँ। सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा १५.२५ प्रतिशतले धेरै हो।

गत वर्ष कम्पनीले १० करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्रैमासको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ शीर्षकमा ६४ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले ९४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २८ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १२ रुपैयाँ १७ पैसा (वार्षिक) कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?