बुटवल । रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए।
उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।





































