National life

वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेनले ओढाए महानगरको झण्डा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
389Shares
वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेनले ओढाए महानगरको झण्डा
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा राखिएको छ ।

काठमाडौंका मेयर बालेनले सभागृह पुगेर रिजालको पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।

Royal Enfield
nic asia capital
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।

रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?