National life

वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अदालतकाे आन्तरिम आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
486Shares
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अदालतकाे आन्तरिम आदेश
ncell

काठमाडौं । वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ । वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको हाे ।

उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विदेश जाने क्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिए ।

यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत गएकी थिइन् ।

 

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?