National life

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
374Shares
वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो ।

Royal Enfield
nic asia capital
१७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
374SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?