काठमाडौँ। जनकपुरधामस्थित काभ्या हस्पिटलले सिटिजन्स बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट दिने भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जनकपुरधामस्थित काभ्या हस्पिटल प्रालि बीच यस्तो समझदारी भएको हो । नयाँ समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरूमा २५५ सम्मको आकर्षक छुट पाउने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

































