National life

४ जना सवार मोटरसाइकल दुर्घटना,३ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ साउन २०८०, शनिबार
469Shares
४ जना सवार मोटरसाइकल दुर्घटना,३ जनाको मृत्यु
ncell

सुनसरी। इटहरीमा गए राती मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।तीव्र गतिमा कुदाएको ४ जना सवार मोटरसाइकल भारतीय पिकअपसँग ठोक्किएर दुर्घटना भएको कोशी प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । शुक्रबार राति १०ः४० बजे इटहरी १७ कान्छी चौक राजमार्गमा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर खाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी छन् ।दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पिकअप चालक भारत दार्जिलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?