National life

बीपीसी बन्यो दक्षिण एसियामै व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने पहिलो शिक्षण केन्द्र

यो कार्यक्रम विशेषगरी चार्टर्ड प्रमाणित लेखापाल संघ (एसीसीए) का विद्यार्थी, आबद्ध सदस्य तथा सदस्यहरूका लागि तयार गरिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२२ असार २०८३, सोमबार
685Shares
बीपीसी बन्यो दक्षिण एसियामै व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने पहिलो शिक्षण केन्द्र
ncell

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) ले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ । 

यससँगै बीपीसी दक्षिण एसियामै स्नातक र स्नातकोत्तर व्यावसायिक लेखा दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र मान्यता प्राप्त शिक्षण केन्द्र बनेको छ ।

कलेजका अनुसार यो कार्यक्रम विशेषगरी चार्टर्ड प्रमाणित लेखापाल संघ (एसीसीए) का विद्यार्थी, आबद्ध सदस्य तथा सदस्यहरूका लागि तयार गरिएको हो । यसमार्फत विद्यार्थीहरूले एसीसीएको अध्ययनलाई निरन्तरता दिँदै युनिभर्सिटी अफ लन्डनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्नातक उपाधि हासिल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा एसीसीएअन्तर्गत पहिले नै उत्तीर्ण गरिएका केही विषयको मान्यता प्राप्त हुने भएकाले विद्यार्थीहरूले करिब एक वर्षमै स्नातक उपाधि पूरा गर्न सक्ने व्यवस्था गरिएको छ।

साथै किफायती शुल्क, लचिलो अध्ययन प्रणाली तथा अध्ययनसँगै पेशागत कार्यलाई निरन्तरता दिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

विद्यार्थीहरूले नेपालमै बसेर प्रत्यक्ष कक्षामार्फत वा अनलाइन माध्यमबाट अध्ययन गर्न सक्नेछन्। कार्यक्रममा वित्तीय व्यवस्थापन, कार्यसम्पादन व्यवस्थापन र अनुसन्धान परियोजना समावेश गरिएको छ, जसले विद्यार्थीको विश्लेषणात्मक तथा व्यावसायिक सीप विकासमा सहयोग गर्ने कलेजले जनाएको छ ।

यस्तै वित्तीय व्यवस्थापन र कार्यसम्पादन व्यवस्थापन विषय सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले एसीसीएका सम्बन्धित परीक्षामा अतिरिक्त शुल्क नतिरी छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन सहयोगीको सुविधा पनि पाउनेछन् । चौबीसै घण्टा उपलब्ध रहने यस सेवाले विषयवस्तु बुझ्न, ज्ञान परीक्षण गर्न तथा अध्ययन योजना बनाउन सहयोग गर्ने जनाइएको छ ।

यस उपलब्धिबारे प्रतिक्रिया दिँदै ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षातर्फका प्रमुख दिपेन्द्र के.श्रेष्ठले यो मान्यता नेपाली विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनले एउटै संस्थाबाट युनिभर्सिटी अफ लन्डनको स्नातक र स्नातकोत्तर उपाधिसँगै एसीसीएको व्यावसायिक योग्यता हासिल गर्न सकिने वातावरण तयार भएको उल्लेख गरे।

एक वर्षमै उपाधि पूरा गर्न सकिने व्यवस्था, एकीकृत अध्ययन प्रणाली तथा कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको उनको भनाइ छ ।

वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको ब्रिटिश प्रोफेशनल कलेजले बेलायतका प्रतिष्ठित शैक्षिक संस्थासँगको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रदान गर्दै आएको छ।

नयाँ कार्यक्रम थपिएसँगै कलेजले विश्वस्तरीय शिक्षा, सीपमूलक अध्ययन र रोजगारीमुखी योग्यतामार्फत नेपाली विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने आफ्नो अभियान थप सुदृढ भएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?