National life

रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान, एक दिनमा ७१ हजार बढीले गरे अनफलो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
578Shares
रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान, एक दिनमा ७१ हजार बढीले गरे अनफलो
ncell

काठमाडौँ । मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेकोमा आज बुधवार अपराह्नसम्म समेत त्यो क्रम रोकिने सुरसार देखिएको छैन ।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट रिमोभ भएको थियो ।

त्यसपछि रिसाएका मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार भनेका थिए । त्यस लगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न अभियान नै चलाएका थिए ।

ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधवार दिउँसो घटेर ५ लाख ९२ हजारमा झरेका छन् ।यसलाई धेरैले बालेन र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार भन्दै मजाक समेत उदाएका छन् ।  बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?