National life

अनफलो गर्ने संख्या बढेपछि ओलीले दिए जवाफ 'एक छिनको विरोधमा दुःखी हुन आवश्यक छैन'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
586Shares
अनफलो गर्ने संख्या बढेपछि ओलीले दिए जवाफ 'एक छिनको विरोधमा दुःखी हुन आवश्यक छैन'
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन समर्थकले आफूलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उक्त विषयमा भिडियो मार्फत जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नरहेको बताएका छन् । फेसबुक पेजमा एक भिडिओ राख्दै प्रधानमन्त्रीले एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले एक पुरानो भिडियोको आधा अंश शेयर गर्दै सत्य बाहेक अरू केहीको पनि आयु लामो नहुने पनि बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरू केहीको पनि आयु लामो हुँदैन’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

उनले भिडियोमा भनेको छन् भेट्ने जति सबैले अझै तपाई तन्नेरी हुनुहुन्छ भनेर भन्छन् तर म त्यो विश्वास गर्दिन किनकि म साँझ आएर ऐना हेर्छु भनेर । आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो ।

उक्त विषय सामाजिक सञ्जालमा चर्किएपछि मेयर बालेन समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका थिए । हालसम्म प्रधानमन्त्रीलाई ७१ हजार बढीले अनफलो गरिसकेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?