National life

उद्यमीलाई सम्पत्ति राखेर होइन बैंकले परियोजनाका आधारमा ऋण दिनुपर्छ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
576Shares
उद्यमीलाई सम्पत्ति राखेर होइन बैंकले परियोजनाका आधारमा ऋण दिनुपर्छ: प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमा वृद्धि ल्याउनका लागि स–साना पुँजीबाट समेत सम्भव रहेको र धेरै उद्योगहरू स्थापना र विस्तार अहिलेको आवश्यकता रहेको बताएका छन् । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि  स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।

आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड प्रधानमन्त्रीले जोड दिएका छन्। यस्ता उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्रीको आग्रह छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने कुरामा स्पष्ट रहेको बताएका छन् ।

‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?