काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताए ।
आज मंगलबार सिंहदारमा नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिँदै ओलीले ढुक्कले अब काम गर्न आग्रह गरे । कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’,उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैँ हुनुपर्छ। राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’
सचिवहरूलाई काम गर्दा गन्तव्य के हो भन्ने निर्क्योल गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कहाँ जाँदै छु भन्ने स्पष्ट भएर अघि बढ्न सुझाव दिए । ‘समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित र यथोचित आवश्यकताको सम्बोधन हुनुपर्छ’, उनले भने





































