National life

जनतालाई खुसी देख्ने हो भने मुलुकलाई समृद्ध बनाउन आवश्यक छ : प्रधानमन्त्री ओली 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
437Shares
जनतालाई खुसी देख्ने हो भने मुलुकलाई समृद्ध बनाउन आवश्यक छ : प्रधानमन्त्री ओली 
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुसी बनाउन मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै ओलीले  जनताले सम्मानजनक जीवनको अनुभूति गराउन सरकारले तीव्र गतिमा काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको बताए। ‘मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ। त्यसका लागि सरकारले काम गरिरहेको छ।’ उनले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताए।

संविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै ओलीले यसलाई सानो उपलब्धि मान्न नसकिने बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको  बताएका छन् ।

नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने उनको भनाई छ। ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्नेछौँ। साथै, उनले भने,‘नेपालको गरिबी उन्मुलन गर्नेछौँ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ।’

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?