काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन्।
मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए ।
प्रधानमन्त्री ओलीले जहाज दुर्घटना भएको १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् ।
आज काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल सहित अन्य चार जना चिनियाँ पर्यटक सवार थिए। उनीहरु सबैको ज्यान गएको छ ।




































