काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका बताएका छन् ।
आज काठमाडौँमा आयोजित ६२औँ इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भए पनि देशको सन्तोषजनक अवस्था नरहेको उल्लेख गरेका छन् ।
उक्त अवस्थालाई देखेर निराश हुनुभन्दा नि बदल्न आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘देशको अवस्था राम्रो छैन ।
प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्ज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’
प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठेरालाई सजिलोमा परिणत गर्ने पनि बताए। उनले भने,‘सरकार अप्ठ्यारा खोज्ने होइन अप्ठेरालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ ।





































