National life

नेपालमा रेल र पानी जहाज चलाउने सरकारको योजना कायमै छ: ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
482Shares
नेपालमा रेल र पानी जहाज चलाउने सरकारको योजना कायमै छ: ओली
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानी जहाज चलाउने सरकारको योजना कायमै रहेको बताएका छन् ।

आज मङ्गलवार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विकास,समृद्धि र सुशासनका सवालमा सरकारले देखिने गरी काम गर्नुपर्ने भन्दै ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद भएको र त्यसको अन्त्य हुनुपर्ने ओलीको भनाई छ ।

उनले इजरायल र मलेसियाले समुन्द्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको भन्दै  नेपालले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने भन्दै यसमा ध्यान दिन सक्नुपर्ने बताए । सचिवहरूलाई निर्देशन दिने क्रममा डेढ घण्टा भन्दा बढी समय बिताएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन हुनुपर्ने कारणदेखि सरकारले जनतालाई दिने सेवा सुविधा, विकास निर्माण र सुशासनबारे अर्थ्याएका छन् ।

सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद हो । यो ललितपुरकै एक कार्यालयको घटना हो । सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य हुनुपर्छ ।

कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ । नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहजरुपमा सेवा दिइनुपर्छ । दुःखी गरिबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु । 'प्रधानमन्त्री ओलीले भने'

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?