काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रूपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गरेका छन् ।
उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
''मलाई कुनै लप्पन छप्पन गर्नु छैन।
माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरीमा रहँदैन। कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन। राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ। आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ। सदन सदन जस्तै होस्। आक्रोश भावमा ओलीले भने





































