National life

भूगोल जहाँसुकै रहे पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण सृजना गर्छौ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
520Shares
भूगोल जहाँसुकै रहे पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण सृजना गर्छौ: प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको बसोबास जहाँ र जुन देशमा भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण सृजना गर्न प्रयासमा रहेको बताएका छन् ।

आज काठमाडौँमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन् । ‘

कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बिच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व हुन गएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्ब गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको समेत बताएका छन् ।

सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले विगतका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?