काठमाडौँ । सोमबार गण्डकी प्रदेशमा भएको मन्त्रीमण्डल विस्तार पछि नैतिकताको कुरा उठाउँदै भौतिक योजना मन्त्री दीपक मनाङ्गेले राजीनामा दिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाश केसीलाई दिएर मनाङ्गेलाई वन मन्त्रालयको जिम्मेवारी दिए । तर मनाङ्गेले भने मन्त्री घोषणा भएको केही घण्टा नबित्दै पदबाट नैतिकतालाई आधार देखाउँदै राजीनामा दिएका छन् ।
गण्डकीमा भएको यो दृश्य बडो रोचक र विचित्र देखिएको छ ।
मनाङ्गेले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई खासै बजेट नभएको वन मन्त्रालयमा सरुवा गरेर अपमानित गरिएकोले नैतिकताको कारण राजीनामा दिएको उल्लेख गरेका छन् । ‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन। यो त केन्द्रले हेर्ने हो, हामीले हेर्ने भनेको तीतेपातीको झ्याङ हो। झण्डा हल्लाएर हिँडेर काम छैन,’ मनाङ्गेले भने





































