National life

सरकारको नीति र बजेट राष्ट्रको पक्षमा छ, प्रतिनिधिसभाबाट पारित हुन्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
451Shares
सरकारको नीति र बजेट राष्ट्रको पक्षमा छ, प्रतिनिधिसभाबाट पारित हुन्छ: प्रधानमन्त्री ‘प्रचण्ड’
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको आगामी वर्षको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताए ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले बजेट समग्रमा सन्तोषजनक रहेको र राष्ट्रको पक्ष रहेको बताएका छन्।

उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“यो सन्तोषजनक छ। राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, प्रधानमन्त्री दाहाले भने।

त्यस्तै प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा उठेको प्रश्नलाई प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने जानकारी गराएका छन्। उनले भने “मैले अस्तिको दिन मात्रै तीनै जना आइजिपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाइहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?