National life

अर्थतन्त्र अनुकूल बन्दै गएकाले विदेशी लगानी बढाउन सभामुख घिमिरेको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
738Shares
अर्थतन्त्र अनुकूल बन्दै गएकाले विदेशी लगानी बढाउन सभामुख घिमिरेको आग्रह
ncell

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र अनुकूलतातर्फ गइरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन्।

आजबाट नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला—२०२३ लाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरू केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताए । उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दा पनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए । उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरूको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु जस्ता कुराहरूले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताएका छन् ।

सम्बोधनको क्रममा घिमिरेले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । घिमिरेले आर्थिक मन्दी रहेको र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबिचको सौहार्दपूर्ण वातावरण बनाउन लाग्न आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?