National life

अवैध सम्बन्धबाट जम्नेको नवजात शिशु पाँच लाखमा बिक्री, खरिद बिक्री गर्ने पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
407Shares
अवैध सम्बन्धबाट जम्नेको नवजात शिशु पाँच लाखमा बिक्री, खरिद बिक्री गर्ने पक्राउ
ncell

काठमाडौं । अवैध सम्बन्धबाट जम्नेको नवजात शिशु बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण अवैध सम्बन्धबाट जम्नेको नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका हुन् ।

डा.कर्णले विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा असार १४ गते जन्मिएकी नवजात शिशुलाई मोरङका सूर्यनारायण राजवंशी निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

Royal Enfield
nic asia capital
भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा नवजात शिशुको जन्म भएको थियो ।

कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती पनि पक्राउ परेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहानामा कोशी अस्पतालमा भर्ना भएकोमा मंगलबार डिस्चार्ज भएपछी हिरासतमा लिइएको हो ।

कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए ।

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?