National life

बालसुधार गृहबाट भागेका ८६ जना बन्दी बानेश्वरबाट पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
436Shares
बालसुधार गृहबाट भागेका ८६ जना बन्दी बानेश्वरबाट पक्राउ
ncell

काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना पक्राउ गरेको प्रहरीले छ । भागेका बन्दीहरूलाई भक्तपुरबाट आउँदै गर्दा प्रहरीले कोटेश्वर, तीनकुने र नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हाे ।

पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।

Royal Enfield
nic asia capital

बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?