National life

वान एक्स बेटमा अरूको नागरिकता प्रयोग गरी ४२ वटा खाता, ३१ करोडको कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
558Shares
वान एक्स बेटमा अरूको नागरिकता प्रयोग गरी ४२ वटा खाता, ३१ करोडको कारोबार
ncell

काठमाडौँ । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाउनले एकजनाले अरूको नागरिकता प्रयोग गरी ३१ करोडको कारोबार गरेकाे पाइएको छ । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले अन्य केही व्यक्तिहरूको नागरिकता प्रयोग गरेर करोडौँ रुपैयाँको कारोबार गरेको पाइएको हाे ।

उनि गत जेठ ३० गते पक्राउ परेका हुन् । उनले केही व्यक्तिहरूको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यमको दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँ जम्मा गरी सो रकम अन्य खातामा पठाएको खुल्न आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्बन्धमा दुई जना पीडितहरूको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम को कसुर गरेको विरुद्ध किटानी जाहेरी दरखास्त प्राप्त भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?