National life

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर विक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
552Shares
मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर विक्री खुला
ncell

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आज भदौ १० देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Royal Enfield
nic asia capital

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?