National life

हकप्रद सेयर निष्कासन गर्न ङादी ग्रुप र आँखुखोला जलविद्युतले पाए विद्युत नियमन आयोगबाट स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
569Shares
हकप्रद सेयर निष्कासन गर्न ङादी ग्रुप र आँखुखोला जलविद्युतले पाए विद्युत नियमन आयोगबाट स्वीकृति
ncell

काठमाडाैं । हकप्रद सेयर निष्कासन गर्न ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले स्वीकृति पाएका छन् । यी दुवै कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन् ।

आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई ८० करोड रुपैयाँको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब यी दुवै कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले हकप्रद जारी गर्नेछन् ।

हाल ङादी ग्रुप पावरको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ ।

यसैगरी आँखुखोला जलविद्युतले हकप्रद बिक्रीबाट प्राप्त हुने रकम रकम गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?