काठमाडौं। आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमाहस्ताक्षर सम्पन्न भएको छ।
यस सम्झौता बमोजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।
त्यस्तै, वेलनेस प्याकेजमा विशेष सहुलियत दिने भएको छ । त्यसका लागि व्यक्तिको सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक वेबसाइटमा :https://imelifeinsurance.com/press-release/ मा राखिएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सकिने कम्पनीले जनाएको छ ।





































