National life

बाढीपीडितका लागि उत्तराखण्डका पर्यटनमन्त्री सतपालजी महाराजले दिए १० लाख

भोटेकोशी बाढीमा पीडित नेपालीको उद्धारका लागि सतपालजी महाराजको आर्थिक सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|१९ भदौ २०८३, शुक्रबार
3.4kShares
बाढीपीडितका लागि उत्तराखण्डका पर्यटनमन्त्री सतपालजी महाराजले दिए १० लाख
ncell

काठमाडौँ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए ।

साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितहरूसँग ऐक्यवद्धता जनाउन अपिल गरेका थिए ।

यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही ऐक्यवद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै मन्त्री सतपालजी महाराज शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावासमा पुगेका थिए ।

उनले दूतावासका कार्यवाहक राजदूत डा.सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैविप्रकोप उद्धार कोष’मा जम्मा हुनेगरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विपद्को यस कठिन घडीमा प्राप्त भएको यस मानवीय सहयोगप्रति नेपाल पक्षले आभार प्रकट गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?