National life

अब स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र खुल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
338Shares
अब स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र खुल्ने
ncell

काठमाडौं । एक्लोपनमा रहेका तथा नियमित हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सरकारले स्थानीय तहमा दिवा सेवा केन्द्र स्थापना गर्ने भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गर्दै यस्तो व्यवस्था अघि सारेको हो।

कार्यविधिअनुसार दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकले दिनको समयमा सामाजिक भेटघाट, मनोरञ्जन, स्वास्थ्य सेवा तथा आवश्यक परामर्श लिन सक्नेछन्। घरमा एक्लै बस्नुपर्ने अवस्था भएका वा हेरचाहको आवश्यकता रहेका ज्येष्ठ नागरिकलाई सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले केन्द्र सञ्चालन गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्र कम्तीमा सातामा ५ दिन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकको सहज आवतजावतलाई ध्यान दिँदै शौचालय, भान्सा, र्‍याम्प, रेलिङलगायत आवश्यक भौतिक संरचना ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्नेछ।

स्वास्थ्य सेवातर्फ ज्येष्ठ नागरिकको कम्तीमा महिनामा एकपटक चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा परामर्श सेवामा समेत सहयोग गरिनेछ।

ज्येष्ठ नागरिकको रुचि र इच्छाअनुसार कम्तीमा ३ महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल भ्रमण, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।

त्यस्तै, ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवन अनुभव नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरिनेछन्। यस्ता गतिविधिको अभिलेखसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ।

दिवा सेवा केन्द्र सञ्चालनका लागि स्थानीय तहलाई संघीय सरकारले सशर्त अनुदान उपलब्ध गराउनेछ। प्राप्त अनुदान तोकिएको आर्थिक वर्षभित्र खर्च गर्नुपर्ने र खर्च नभएको रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?