National life

६ खर्ब गुमेको पुँजीबजारप्रति सरकार उदासीन, अर्थमन्त्री चिठ्ठामा व्यस्त : सङ्ग्रौला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
2.5kShares
६ खर्ब गुमेको पुँजीबजारप्रति सरकार उदासीन, अर्थमन्त्री चिठ्ठामा व्यस्त : सङ्ग्रौला
ncell

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले चालु आर्थिक वर्षको सरकारको बजेट कार्यान्वयनमा आएको एक महिनामै असफलताको संकेत देखिन थालेको टिप्पणी गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि निजी क्षेत्र ऋण लिएर लगानी गर्न उत्साहित नहुनु सरकारको आर्थिक नीतिप्रति व्यवसायीको विश्वास कमजोर भएको संकेत भएको बताइन्।

सङ्ग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि पनि आलोचना गर्दै विभिन्न देशको अनुभव भए पनि आफ्नै देशको आर्थिक अवस्था बुझ्न नसकेको आरोप लगाइन्। सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ गुमेको उनको दाबी थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुँदाहुँदै पनि व्यवसायी ऋण लिन इच्छुक नहुनुको कारण सरकारले अवलम्बन गरेको आर्थिक नीतिप्रतिको अविश्वास हो कि भन्ने प्रश्न उठाइन्।

सांसद सङ्ग्रौलाले पुँजीबजारमा देखिएको समस्या समाधान गर्नुपर्ने समयमा अर्थमन्त्री चिठ्ठासम्बन्धी विषयमा केन्द्रित भएको आरोप पनि लगाइन्। आर्थिक समस्या समाधान नगरी मुलुकको विकास सम्भव नहुने उनको भनाइ थियो।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?