National life

संस्थापक सेयर बिक्री खुला, नबिल बैंकले गर्‍यो आवेदन आह्वान

यस सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
2.2kShares
संस्थापक सेयर बिक्री खुला, नबिल बैंकले गर्‍यो आवेदन आह्वान
ncell

काठमाडौँ । नबिल बैंकले ठूलो परिमाणमा संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गरेको छ। बैंकका एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यस सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गस्थित कम्पनी सचिवको कार्यालयमा गोप्य शिलबन्दी निवेदनमार्फत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा, प्रचलित कानुनअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?