National life

नेप्से दोहोरो अंकले घट्दा कारोबार ४ अर्बमाथि, यी कम्पनीको बढ्यो सेयर मूल्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
6.9kShares
नेप्से दोहोरो अंकले घट्दा कारोबार ४ अर्बमाथि, यी कम्पनीको बढ्यो सेयर मूल्य
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। लगानीकर्ताको बिक्री दबाब बढेसँगै बजार दोहोरो अंकले ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ।

Royal Enfield
nic asia capital
यस दिन कुल १ करोड ७ लाख २१ हजार कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ।

कारोबार भएका कम्पनीमध्ये ५८ वटाको सेयर मूल्य बढ्दा २१४ वटाको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीका सेयरमा भने सकारात्मक प्रदर्शन देखिएको छ।

एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोपावर १०.०७ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर ५.२६ प्रतिशत, हिमालयन ४.६२ प्रतिशत र छ्याङदी हाइड्रोपावर ४.४४ प्रतिशतले बढेका छन्।

यो समाचार शेयर गर्नुहोस्
6.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?