National life
cg eloctronics

चार्ट पढ्न जान्नेले मात्र बजार बुझ्छन्: SMART को निःशुल्क 'Read Charts Like Pros' मास्टरक्लास आउँदै

बजारको ट्रेन्ड ठम्याउन नसक्दा अवसरबाट विमुख भइरहेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
3KShares
चार्ट पढ्न जान्नेले मात्र बजार बुझ्छन्: SMART को निःशुल्क 'Read Charts Like Pros' मास्टरक्लास आउँदै
ncell

काठमाडौँ। नेपालको सेयर बजारमा लगानीकर्ता र ट्रेडरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले SMART Growth Ventures Pvt. Ltd. ले एक विशेष निःशुल्क 'इन्भेष्टर एजुकेसन सेसन' आयोजना गर्ने भएको छ। कम्पनीले "Read Charts Like Pros – Simple Techniques, Powerful Results" विषयमा मास्टरक्लास सञ्चालन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको बजारमा धेरैजसो ट्रेडरहरू सही कम्पनी छनोट गरेर पनि गलत समयमा खरिद-बिक्री गर्दा वा बजारको ट्रेन्ड ठम्याउन नसक्दा अवसरबाट विमुख भइरहेका छन्। यही अलमललाई चिर्न यो सत्रमा Price Action, Support & Resistance, Trendline कसरी पहिल्याउने र त्यसका आधारमा सही समयमा Entry र Exit को निर्णय कसरी लिने भन्नेबारे व्यावहारिक रूपमा सिकाइनेछ।

अनुमानका भरमा नभई तथ्य र रणनीतिका आधारमा बजार बुझ्न चाहनेहरूका लागि यो कार्यक्रम उत्कृष्ट अवसर हुने कम्पनीले जनाएको छ। सेयर बजारमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्यले सञ्चालन गर्न लागिएको यो पूर्णतः निःशुल्क शैक्षिक पहल हो।

कार्यक्रमको विवरण:

मिति: ५ जुलाई २०२६, आइतबार (तद्अनुसार असार २१ गते)

समय: साँझ ६:३० बजेदेखि

माध्यम: गुगल मिट (Google Meet)

यस कार्यक्रममा सहभागी हुन तथा अनलाइन लिङ्क प्राप्त गर्न इच्छुक लगानीकर्ताहरूले SMART को आधिकारिक WhatsApp Community (लिङ्क: https://chat.whatsapp.com/FC2fy6MPzsr45FQmEMsRVR) मा जोडिनुपर्नेछ। उक्त कम्युनिटीमार्फत आगामी दिनमा पनि बजारका विश्लेषण, निःशुल्क मास्टरक्लास र ट्रेडिङ स्रोतहरू नियमित उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?