National life

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ हुँदै, सरकार लचिलो बन्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
509Shares
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ हुँदै, सरकार लचिलो बन्यो
ncell

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुने भनेको छ।

सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो। यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तय गरेको थियो।

प्रतिबन्धको निर्णयको बचाउ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार मन्त्रालय लगायतले टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको दावी गरेका छन् ।

Royal Enfield
nic asia capital

सोमबारमात्रै सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने बताएका छन्।

टिकटक प्रतिबन्ध लामो समय नजाने सङ्केत गर्दै प्रधानमन्त्री दाहालले भने बरु नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने र यसका लागि के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरेको जानकारी गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?