National life

अब एजेन्ट बेगर डिजिटल बीमालेख किन्न पाइने: बीमा प्राधिकरणले दियो यस्तो सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
453Shares
अब एजेन्ट बेगर डिजिटल बीमालेख किन्न पाइने: बीमा प्राधिकरणले दियो यस्तो सुविधा
ncell

काठमाडौं । आगामी दिनमा बीमा कम्पनीहरुले अभिकर्ताको माध्यम नअपनाए पनि डिजिटल्ली बीमा गर्न मिल्ने भएको छ । सो व्यवस्थाका लागि नेपाल बीमा प्राधिकरणले बाटो खुला गरेको हो ।

हाल नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स डीआईपीडी–२०२४ मा बीमा कम्पनीहरुलाई यो सुविधा दिइएको अवस्था छ। त्यसरी नै बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री पाउने भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता डीआईपीडीमा अभिकर्ताको संलग्नता बिना बिक्री गरिएका डिजिटल इन्स्योरेन्स पोलिसीको प्रिमियम शुल्कमा बीमा कम्पनीले बीमितलाई छुट दिने पाउने व्यवस्था पनि गरेको देखिन्छ। यहीबाट पनि हामी स्पष्ट हुन सक्छौ कि अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना नै बीमा पोलिसी बिक्री गर्न सहज हुने भएको छ ।

नेपाल बीाम प्राधिकरणले लामो गृहकार्य पछि उक्त व्यवस्थाको सुरुवात गरेको हो । यस अघि पनि डिजिटल्ली बीमा पोलिसीको व्यवस्था लागू गर्न खोज्दा जीवन बीमाका एजेन्टहहरुले आफ्नो रोजिरोटी नै गुम्ने हो कि भन्नेसम्मका प्रश्न उठाएका थिए । यद्यपी त्यो एक चरणको डिजिटल प्रविधि भित्रीदै गर्दाको फेज पार गरेको बीमा प्राधिकरणले आागमी दिनमा अभिकर्ताको च्यानल नपुगेृको अवस्थामा पनि डिजिटल्ली नै बीमा हुने व्यवस्था लागू गरेको अवस्था छ ।

अभिकर्ताको संलग्नता बिना बीमितले खरिद गर्न चाहेका डिजिटल इन्स्योरेन्स पोलिसीमा मात्रै प्रिमियम शुल्कमा यो छुट सुविधा उपलब्ध गराउने व्यवस्था डीआईपीडीमा गरिएको छ। त्यस्तो छुट सुविधाको विषयमा प्राधिकरणले तोकेबमोजिम हुने डीआईपीडीमा उल्लेख छ।

हाल अभिकर्ताको संलग्नतामा मात्रै बीमा कम्पनीहरुले पोलिसी बिक्री गर्दै आएका छन्। यसरी बिक्री गरिएका पोलिसीमा कम्पनीहरुले अभिकर्तालाई निश्चित प्रतिशत रकम कमिसनका रुपमा उपलब्ध गराउँदै आएको छ।

प्राधिकरणले ल्याएको डीआईपीडी आगामी साउनबाट लागू हुनेछ। यो डीआईपीडी लागू भएसँगै बीमकले डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री गर्न पाउनेछन्।

अर्कोतर्फ यही डीआईपीडीबमोजिम बीमकले बीमासँग सम्बन्धित सबै खाले कारोबार डिजिटल माध्यमबाट गर्नुपर्ने अनिवार्य हुन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?