काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको चालू चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात् ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्न लागिएको हो।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सोही दरमा लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
कम्पनीले सञ्चालन सुधार, दायित्व व्यवस्थापन र बीमा सेवा विस्तारसँगै वित्तीय नतिजा सकारात्मक बन्दै गएपछि यस वर्ष पनि शेयरधनीलाई स्थिर लाभांश प्रदान गरिएको बताएको छ।





































