National life

आइडियल यमुना सहकारीमा ८ अर्ब बढीको हिनामिना : बचतकर्तालाई मागदाबी गर्न सूचना आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
1.2kShares
आइडियल यमुना सहकारीमा ८ अर्ब बढीको हिनामिना : बचतकर्तालाई मागदाबी गर्न सूचना आह्वान
ncell

काठमाडौँ । पछिल्लो समय एकपछि अर्को सहकारीको समस्या बढिरहेको समयमा आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ८ अर्ब रुपैयाँ हिनामिना भएको पाइएको छ । उक्त सहकारीमा ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको देखिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त सहकारीले ८ अर्ब रुपैयाँ हिनामिना गरेको देखाउँदै बचतकर्ता सदस्य र साहुहरूलाई लिनुपर्ने रकम माग दाबी गर्न आग्रह गरेको छ । समितिले ३० हजारभन्दा बढी बचतकर्तालाई ३५ दिनभित्र अनलाइनमार्फत माग दाबी गर्न भनेको छ।

Royal Enfield
nic asia capital

२०८० असारमा हाम्रो सगरमाथामा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभागबाट स्वीकृति लिएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइडियल यमुना सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिलाई लेखी पठाए बमोजिम समितिको कार्यालयले ऋण असुलीका साथै दायित्व भुक्तानीको प्रक्रिया अघि बढाइएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?