National life

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कायम, कुन बैंकले कति दिदैछन् (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
447Shares
आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कायम, कुन बैंकले कति दिदैछन् (सूचिसहित)
ncell

काठमाडौं। बैंकहरुले आजदेखि (असार) लागू हुनेगरि नयाँ ब्याजदर घोषणा गरेका छन्। असार महिनाका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

असार महिनाका लागि कुमारी बैंकले ५.९१ बाट ५.७१ प्रतिशतमा, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशतमा, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशतमा झारेका हुन्।

Royal Enfield
nic asia capital
त्यस्तै, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशतमा र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा कायम गरेका छन्।

साथै, असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा १४ वाणिज्य बैंक रहेका छन् । जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत कायम गरेका छन् ।

त्यस्तै, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए। यी बैंकले असारका लागि पनि यही ब्याजदर निर्धारण गरेका हुन्।

राष्ट्रियस्तरका विकास बैंकहरुमा एक बैंकले ब्याजदर बढाउँदा एकले भने बढाएको छ । जसमा सांग्रिलाले भने ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ। यस्तै, राष्ट्रियस्तरका ६ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सुचना अनुसार कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६।५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन्।


























































































बैंकको नामब्याजदर (%)
कृषि विकास बैंक५.६६
एभरेष्ट बैंक५.७५
नेपाल एसबीआई बैंक६.३
लक्ष्मी सनराइज बैंक६.५
स्ट्यान्डर्ड चार्टर्ड बैंक७
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक७
नबिल बैंक७
सिद्धार्थ बैंक७
माछापुच्छ्रे बैंक७
प्रभु बैंक७
हिमालयन बैंक८.२५
ग्लोबल आइएमई बैंक६.२५
कुमारी बैंक६.७१
प्राइम कमर्सियल बैंक६.५०
नेपाल बैंक६.२५
सानिमा बैंक६.४
एनएमबी बैंक७.५३
एनआईसी एसिया बैंक७.५३
सिटिजन्स बैंक६.७५
राष्ट्रिय वाणिज्य बैंक६.२१

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?