National life

आज राष्ट्रिय धान दिवस: स्थानीय उत्पादनमा ह्रास, बर्सेनि ३८ अर्ब बढीको धान चामल आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
488Shares
आज राष्ट्रिय धान दिवस: स्थानीय उत्पादनमा ह्रास, बर्सेनि ३८ अर्ब बढीको धान चामल आयात
ncell

काठमाडौँ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा समेत मनाउने गरिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको यस पर्वलाई देशभर उत्सवका रूपमा धान रोपाइँ गर्दै मनाइन्छ ।

Royal Enfield
nic asia capital
प्रमुख खाद्यान्न बाली धान नेपालको खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । २०६१ मंसिर २९ गतेको मन्त्री स्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

आज  ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना धान खेतीमा व्यस्त हुन्छन्। यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने कृषि विज्ञको अनुमान छ ।

हरेक वर्ष असार १५लाई विशेष पर्वको रूपमा मनाउने गरे पनि किसानको समस्या भने उस्तै रहेको छ । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएका कारण किसानले समयमा रोपाई गर्न सकिरहेका छैनन् ।

आयातमा निर्भर धान चामल 

सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ ।धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले सरकारले २०६१ सालदेखि धान दिवस दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धान चामल आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धान चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धान चामल आयात भएको थियो ।

यो वर्ष झन्डै दोब्बर रकमले धान चामलको आयात बढेको तथ्याङ्कमा उल्लेख छ ।  चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।

साथै, चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?