काठमाडौँ । आज वैशाख २९ गते सोमबारका दिन बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा आज देशभर सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले भने आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्।
बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।
कुन बैंकका कुन शाखा खुला ?


































